कोहलपुरमा नेपाल एपिएफ स्कुलको उद्घाटन

apf school open

काठमाडौं- सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले बाँके जिल्लाको कोहलपुर नगरपालिका-२ बर्दवामा नेपाल एपीएफ स्कुल उद्घाटन गरेका छन्। बिहीबार महानिरीक्षक खनालले एक कार्यक्रमका बीच स्कुल उद्घाटन गरेका हुन्।

त्यसअवसरमा उनले राजधानी बाहिर यस्ता विद्यालय संचालन गरिदा सशस्त्र प्रहरी कर्मचारी एवं स्थानिय नागरिकका सन्ततिको गुणस्तरीय शिक्षादीक्षामा योगदान पुग्ने चर्चा गरे। महानिरीक्षक खनालले शिक्षा सभ्य समाज निर्माणको आधारशिला भएको तथा शिक्षाको विकास सँगै राष्ट्र समृद्धिको बाटोमा अगाडि बढ्ने बताए।

नेपाल एपिएफ स्कूलले समग्र राष्ट्रको शिक्षाको विकासमा समेत महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्दै उनले विद्यालय संचालनमा विभिन्न क्षेत्रबाट प्राप्त सहयोग प्रति
आभार प्रकट गरेका थिए।

कार्यक्रममा कोहलपुर नगरपालिकाका मेयर एलबी रावतले नेपाल एपीएफ स्कूलबाट स्थानीय सर्वसाधारण जनताका छोरीछोरीसमेत लाभान्वित हुने विश्वास व्यक्त गरे।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक ईन्द्रराज कार्कीले विद्यालयको प्रगति विवरण प्रस्तुत गरेका थिए। विद्यालयमा यसै शैक्षिक सत्रदेखि कक्षा ४ र ५ का विद्यार्थी छनोट गरी कुल ५८ जना अध्ययनरत छन्।

साभार: नेपाल लाईभ
प्रकाशित मिति: बिहीबार, मंसिर १८, २०७७  २१:३९

 

Comments

Back to top button