आषाढ ९ गते शनिबारको दिन यस विद्यालयमा अध्ययनरत सम्पूर्ण कक्षाका विद्यार्थीहरुको अभिभावक ज्युहरु संग भेटघाट गर्ने कार्यक्रम तय गरिएको।
आदरणीय अभिभावकज्यू , मिति :-२०८०/०३/०४ गते।
सादर नमस्कार ।
यस नेपाल ए.पि.एफ.स्कुल,कोहलपुरलाई यहाँहरुले पुय्याउँदे आउनुभएको साथ र
सहयोगको लागि हार्दिक धन्यवाद ज्ञापन गर्दे आगामी दिनहरुमा पनि थप सहयोगको
निरन्तरताको अपेक्षा गर्दछौं। आफ्ना बालबालिका भेटघाटको लागि यहाँहरुले गर्नु भएको
आग्रहलाई मध्यनजर गर्दे आगामी आषाढ ९ गते शनिबारको दिन यस विद्यालयमा अध्ययनरत
सम्पूर्ण कक्षाका विद्यार्थीहरुको अभिभावक ज्युहरु संग भेटघाट गर्ने कार्यक्रम तय गरिएको
व्यहोरा यहाँहरु सवैमा यसै सूचना मार्फत जानकारी गराईन्छ ।
साथै समय समयमा विद्यालयको गेटमा आएर विद्यार्थी भेट्नको ल्रागि यहाँहरुले
गर्नुभएको आग्रहले अन्य विद्यार्थी तथा अभिभावकज्यूहरुमा फरक किसिमको मनोविज्ञान
विकसित हुँदै गईरहेकोले विद्यालयले निर्धारण गरेको समय भन्दा बाहेक अन्य समयमा
कुनै पनि किसिमका भेटघाटका कार्यक्रमहरु बन्द गरिएको व्यहोरा सूचित गर्न चाहन्छौं ।
हाल मासिक परिक्षा सञ्चालन भैरहेको तथा केहि समय पश्चात नै पहिलो त्रैमसिक परिक्षा
पनि संचालन हुने भएकाले अत्यावसेक अवश्थामा बाहेक अन्य परिस्थितिमा घर लान नपाइने
व्यहोरा पनि यसै साथ सूचित गराइन्छ। विद्यालयको नियमको पूर्ण पालना गरी
विद्यालयमा उचित शैक्षिक बातावरण तयार गर्न सहयोग पुन्याईदिनुहुनका लागि समेत सबै
अभिभावक ज्युहरुमा हार्दिक अनुरोध गर्दछौं ।
भेटधाटको मिति तथा समय
मिति: २०८० साल आषाढ ९ गते शनिवार
समय: दिनको १२:०० देखि ४:०० सम्म मात्र।
नोट हाल सम्मको विद्यालयमा बुझाउन बाकि (ड्रेस, किताव, मासिक शुल्क वा अन्य कुनै
बकयाँता) शुल्कहरु भएमा यो आर्थिक बर्षको अन्तसम्म सबै हिसाव मिलान गरिसक्नु पर्ने
भएकाले अभिलम्व बुझाइ सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछू।
(हरिश्वन्द्र बुढाथोकी)
प्रधानाचार्य
नेपाल ए.पि.एफ.स्कुल,कोहलपुर
Comments