नेपाल एपीएफ स्कुल कोहलपुरको चौंथो स्थापना तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न

नेपाल एपीएफ स्कुलले सशस्त्र प्रहरी बल, नेपाल नं.५ विन्ध्यावासिनी बाहिनी रुपन्देहीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक अभि कुमार खत्रीज्यूको प्रमुख आतिथ्यतामा विद्यालयको चौथो स्थापना तथा अभिभावक दिवस कार्यक्रम विद्यार्थीहरुको मार्च पास सहित विविध पहिचान सहितको साँस्कृतिक कार्यक्रमका साथ सम्पन्न गरेको छ ।उक्त कार्यक्रममा प्रमुख अतिथि तथा विशेष अतिथि र शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुखले उत्कृष्ट विद्यार्थी, कर्मचारी, शिक्षकलाई पुरस्कार तथा प्रशंसा पत्र वितरण गर्नुभएको थियो ।उक्त कार्यक्रममा प्रमुख अतिथिले मन्तव्य व्यक्त गर्नुहुँदै विद्यार्थी भनेका भविष्यका संवाहक हुन् ,उनीहरुको विकासका लागि विद्यालय परिवार लगायत अभिभावकको पनि उत्तिक्कै महत्त्वपूर्ण भूमिका रहेको कुरा बताउनुहुँदै कार्यक्रममा सहभागी विद्यार्थीहरुलाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।उक्त कार्यक्रममा विशेष अतिथिको रुपमा बाँके जिल्लाका प्र.जि.अ. श्रवण कुमार पोखरेल पाल्नुभएको थियो ।उहाँले कार्यक्रममा विद्यार्थीहरुलाई मानसिक र शारीरिक रुपमा तन्दुरुस्त भई सामाजिक सेवामा समर्पित भई योग्य नागरिक बन्नको लागि प्रेरणा दिनुभएको थियो र सीमा सुरक्षा, विपद व्यवस्थापन र शान्ति सुरक्षा कायम गर्ने कार्यमा सशस्त्र प्रहरीको महत्वपूर्ण भूमिका रहेको कुरा बताउनु भएको थियो ।त्यसैगरी कोहलपुर नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख राम बहादुर हमालले कोहलपुर न.पा. मा स्थापित यस विद्यालयलाई नियमित अनुगमन तथा सकारात्मक सल्लाह सुझाव दिई अब्वल विद्यार्थी निर्माण गर्नका लागि “मानव उत्कृष्टताका लागि शिक्षा” भन्ने विद्यालयको मूल नारा सबै अभिभावक तथा विद्यार्थीले अनुकरण गर्नुपर्ने बताउनुभयो ।कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष स.प्र.ब.उ. प्रविण कडेलले धन्यवाद ज्ञापन गर्दै छोटो समयमा पनि यस विद्यालयले हासिल गरेको प्रगति प्रशंसायोग्य रहेको बताउनुहुँदै विद्यालयलाई हालको अवस्थासम्म ल्याई पुर्‍याउन प्रत्यक्ष/परोक्ष सहयोग गर्नुहुने सम्पूर्ण शुभ चिन्तकहरुलाई धन्यवाद व्यक्त गर्नुभयो ।
यस कार्यक्रममा विद्यार्थीका अभिभावक भु.पु.सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकहरु, राष्ट्रिय सेवादल कौशिलानगरका प्रमुख, जि.प्र.का.बाँकेका प्रहरी उपरीक्षक, सशस्त्र प्रहरी बल नेपालका विभिन्न गणबाट पाल्नुभएका गणपति, ईलाका प्रहरी कार्यालय कोहलपुरका प्र.ना.उ., कोहलपुर नगरपालिकाका प्रतिनिधि, विद्यालय समादेशक, विद्यालय प्रधानाचार्य तथा शिक्षक/शिक्षिका, विभिन्न विद्यालयबाट पाल्नुभएका प्रधानाध्यापक, सञ्चारकर्मी, निर्माण व्यवसायी लगायत विद्यार्थीका अभिभावकज्यूहरुको उपस्थिती रहेको थियो ।

Comments

Back to top button